यी निर्वाचन आयुक्त जसले बालुवाटारकाे जग्गा हडप्न पर्खालै सारे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार शाहसमेत ललिता निवासको जग्गा अतिक्रमणमा संलग्न रहेको देखिएको छ।

पूर्वसचिव त्रिताल समितिको प्रतिवेदनअनुसार भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ मा ललिता निवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाका नाममा खरिद गरेका थिए। उक्त जग्गा पहिला प्रधानमन्त्री निवास परिसरभित्र थियो।

२०५४ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालमा निजी सचिव भएका शाहले जग्गा बाहिर पारेर बालुवाटारको कम्पाउन्डवाल लगाउन लगाएका थिए।

उनले पछि ‘भूमाफिया’ शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदीमार्फत जग्गा बिक्री गरेको स्रोतले बतायाे।
शाहले जग्गा २०६१ सालमा बेचेका थिए। उनीमाथिसमेत कारबाही गर्नुपर्ने त्रिताल समितिको प्रतिवेदनमा छ।

ताजा अपडेट

खोजी गर्नुहोस