गृहमन्त्रीले भने-‘विप्लव समुहलाई राजनीतिक मूल धारमा ल्याउनका लागि प्रयत्न भईरहेको छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

बैशाख ४,काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राज्य र संविधान विरोधी गतिविधि गर्ने विप्लव नेतृत्वको नेकपालाई राजनीतिक मूल धारमा ल्याउनका लागि प्रयत्न भइरहेको बताएका छन ।

विप्लव समूहलाई यसअघि पनि राजनीतिक मूल धारमा ल्याउनका लागि प्रयत्न गरिएको र अब पनि यही काम भइरहेको उनले बताए ।

गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई बुधबार बिहान सम्बोधन गर्दै उनले कानुनविपरीत गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताए ।

देशभित्र ध्वङ्सात्मक गतिबिधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउँदै उनले भने’, राज्यविरुद्धका गतिविधि पहिले गर्दा सीके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्यविरुद्धका ध्वंसात्मक गतिविधि गरिएकाले विप्लवका नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको हो ।’

देशको शान्ति सुरक्षालाई बलियो बनाउनका लागि प्रदेशभरिका जिल्लाका सुरक्षा निकायहरुसँगको यो कार्यक्रम आयोजना गरिएको उनले बताए । वार्षिक रुपमा यस्ता कार्यक्रम गरिँदै आएको बताउँदै उनले देशको आन्तरिक शान्ति सुरक्षा मजबुत बनाउनका लागि कार्यक्रम गरिएको बताए ।

भूमिसम्बन्धी अनियमितताको अन्त्य गर्नका लागि आफूहरु लागिपरेको बताउँदै गृहमन्त्री थापाले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका छौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस