प्रधानमन्त्री ओलीको व्यस्तताः एकैदिन चारवटा कार्यक्रममा सहभागीता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ७, शनिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको शालिक नौ फिट उचाइको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्ने कार्यक्रम रहेको छ ।

वि।सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो ।

नेपाली फौजसँग लडाइँ हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको शालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ । शालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

कार्यक्रमको नेपाल टेलिभिजन,रेडियो नेपाल लगायतका सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् । यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजै दिउसो २.४५ बजे प्रधानमन्त्री ओलीले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम भित्र रहेको शास्वतधामको अवलोकन गरेर काठमाडौँ फर्कने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस