विप्लव समूहमाथि सरकारः बार्तामा आए स्वागत नआए ‘एक्सन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ८, आईतबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख ८, काठमाडौँ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले बार्ताका लागि आए स्वागत गर्ने नआए एक्सनको नीति नछाड्ने बताएको छ ।

पछिल्लो समय विप्लब नेतृत्वको नेकापाले सरकार लक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्रीदेखि मन्त्री सहभागी हुने कार्यक्रमलाई रोक लगाउने बताउँदै आएका बेला सरकारले भने हिंसाको बाटोबाट समस्याको समाधान ननिस्कने भन्दै वार्तामा आए स्वागत गर्ने नआए हिंसात्मक बाटोलाई छुट नदिने बताएको हो ।

सरकारका प्रबक्ता एवम संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले हिंसाको बाटोबाट कुनै पनि निकास ननिस्कने भन्दै वार्तामा आए स्वागत गर्न तयार रहेको बताए ।

‘हिंसाको बाटोबाट कुनै निकास निस्किँदैन, बार्तामा आए सरकार स्वागत गर्छ, हिंसात्मक बाटो लागे छुट छैन’, मन्त्री बाँस्कोटाले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस