यूएनडीपीको पैसामा सांसदको रजाइँ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ८, आईतबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख ८, काठमाडौँ । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् ।

प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाएका छन् ।

‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वाचित रावलले भने– ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’

रावलले कुनै पनि दातृ निकायको सहयोग भएको आशंका गरेका कार्यक्रमहरु बहिष्कार गर्ने नीति नै बनाएका छन् ।

उनले अरु सांसदलाई पनि आफ्नो अभियानमा लाग्न सहयोग पुर्‍याउन आग्रह गर्दै आएका छन् । रावलले यो विषयबारे संसद्को आगामी बैठकमा उठाउने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस