राष्ट्रपति भण्डारीद्वारा चीनमा जारी बीआरआई सम्मेलनमा सम्बोधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १३, शुक्रबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

बैशाख १३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन् ।

चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई) लाई आज गर्दै राष्ट्रपति भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् ।

नेपाल र चीनबीच सीधा रेल वे सेवा विस्तार र अन्य बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले दुई देशलाई मात्रै नभए यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई बढावा दिने उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दूरदृष्टिले विशाल सम्भावना बोकेको बताइन् ।

यसलाई सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षणको रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले विकासको फलबाट कुनै पनि विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको स्मरण गर्दै उनले अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको जानकारी दिइन् ।

विकासका चुनौतीहरु सामना गर्न नेपालले छिमेकी र मित्र राष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको राष्ट्रपति भण्डारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस