राष्ट्रपति भण्डारी चिनियाँ समकक्षीद्वारा आयोजित रात्रिभोजमा सरिक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख १४, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी जिनपिङले अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आउनुभएका अन्य देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा शुक्रबार साँझ आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छन् । ।

त्यस अवसरमा ‘बीआरआई’ मा संलग्न देशका प्रमुख संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालको अन्नपूर्ण, माछापुच्छ्रे तथा पोखरा उपत्यका देखाइएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

रात्रिभोजमा ठूलो सङ्ख्यामा विदेशी अतिथिको उपस्थिति थियो । राष्ट्रपति भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सचिव वैरागीको उपस्थिति थियो ।

त्यस अवसरमा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आउनुभएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सामूहिक तस्बीर खिचिएको थियो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस