वालुवाटार र टूॅडिखेलको जग्गा प्रकरणको सत्थ्यतथ्य तत्काल सार्वजनिक गर्नुपर्छ : डा. कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १४, शनिबार (६ साल अघि)
  • ७८ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संबैधानिक राष्ट्रपति बिध्यादेवी भण्डारीले कार्यकारी राष्ट्रपति जस्तो गरी बिआरआई सम्मेलनमा भाग लिन चिन जानु उपयुक्त नभएको बताएका छन्।

डा कोइराला भने, ‘पछिल्ला दिनहरुमा जसरी राष्ट्रपतीको क्रियाशिलता जसरी बढिरहेको छ, यो लोकतन्त्रको लागी शुभ संकेत होइन। जुन काम कार्यकारी प्रधानमन्त्रीले गर्नु पर्ने हो त्यो काम संबैधानिक राष्ट्रपतीले गर्दै हिडिरहनु भएको छ, यसबाट के सन्देश दिन खोजेको ?’

नेपाली कांग्रेस कोहलपुर नगरसमिती, बॉकेको भेलालाई संबोधन गर्नुहुदै डा कोइरालाले वालुवाटार र टूॅडिखेलको जग्गा प्रकरणमा सत्यतथ्य सार्बजनिक गरेर जो दोषी देखिए पनी कारबाही हुनुपर्ने बताए।

सरकार, भूमाफिया, राजनितिज्ञ र महानगरपालिकाको मिलेमतोमा वालुवाटारको जग्गा बिक्री गरेको र टूॅडिखेलको जग्गा भाडामा लगाएको बताए ।

कोइरालाले दुई तिहाईको दम्भमा सरकार संस्थागत र संगठित रुपले भ्रष्टाचारमा लिप्त भएको बताए।

कांग्रेस केन्द्रिय धनराज गुरुङ्ले गरिब नेपालीको रगत(पसिना चुसेर राष्ट्रपती र प्रधानमन्त्रीले आलिशान जिवन बिताईरहेको बताए। केन्द्रिय सदस्य गुरुङ्ले कम्युनिष्टको बर्को ओढेर सिंहदरबारमा बसेर मुलुकमा लुटपाट नमच्चाउन प्रधानमन्त्रीलाई चेतावनी दिए । गुरुङ्ले भ्रष्ट्राचारको चाङ्मा उभिएर समृद्धिको सपना नदेख्न पनी प्रधानमन्त्रीलाई चेतावनी दिए ।

बॉके कांग्रेसका सभापती किरण कोइरालाले प्रतिपक्ष कमजोर भएकाले सरकारका कमि कमजोरी जनतासामु आउॅन नसकेको बताए।

ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राईले बर्तमान सरकार श्रमिक बिरोधी भएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस