नेपाल-चीन ‘सम्पर्क सञ्जाल’ विश्वकै नजरमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख १५, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । नेपाल-चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन्।

बेइजिङमा बेल्ट एन्ड रोड (बीआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाली-चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ स्थान पाएको छ।

यसअघि बीआरआईअन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन्। गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो।

‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले भने, ‘तर सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस