बैशाख १६,काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी दार्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको दल दर्ताका लागि निवेदन दर्ता गराइएको सो पार्टीका केन्द्रीय सदस्य चन्द्रन सिंहले बताए ।
सो पार्टीले चुनाव चिन्ह अष्टदल प्रस्ताव गरेको छ, भने रातो र हरियाको बीचमा सेतो रंग राखिएको चारकुने झण्डा रहेको छ । यद्यपि, चुनाव चिन्ह पछि मात्र दिने आयोगले भनेको नेता सिंहले बताए ।
आयोगबाट पार्टीको मन्यता प्राप्त गरिसकेपछि पदाधिकारी चयन गर्ने र त्यसपछि मात्र महाधिवेशनको बारेमा मिति तोक्ने उनले बताए ।
स्वतन्त्र मधेशको माग राख्दै आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सम्झौता गरि मुलधारको राजनीतिमा आएका हुन् । मुलधारमा आएपछि उनले जनमत पार्टी बनाएर निर्वाचन आयोगमा दार्ताका लागि निवेदन दिएको हो ।
जनमत पार्टीको ३५ सदस्यीय केन्द्रिय सदस्यको नामावलीः
ऐन अनुसार ३३% महिलाः १२ जना
ऐन अनुसार सामाजिक विविधता अनुसारः दलित – ६, मुस्लिम – ४
1. डा.सी.के.राउत – – अध्यक्ष
(बाँकी वर्णाक्रम अनुसार)
२. अनिता कुमारी मण्डल – दलित/महिला – सदस्य
३. अब्दुल खान – – सदस्य
४. आशा कुमारी मेहता – महिला – सदस्य
५. इरफान अहमद शेख – – सदस्य
६. ईन्द्रजीत कुमार यादव – – सदस्य
७. करुणा कुमारी पैकरा – महिला – सदस्य
८. कैलाश महतो – – सदस्य
९. कोशिला देवी महतो – महिला – सदस्य
१०. गिता पासवान – दलित/महिला – सदस्य
११. चन्दन कुमार सिंह – – सदस्य
१२. जुलेखा खातून – महिला – सदस्य
१३. दिनेश प्रसाद यादव – – सदस्य
१४. दिपक कुमार साह – – सदस्य
१५. ध्रुव प्रसाद कहार – दलित – सदस्य
१६. नरेन्द्र प्रसाव चौधरी (कुर्मी) – – सदस्य
१७. नरेश प्रसाद कुशवाहा – – सदस्य
१८. परमेश्वर मुर्मु – – सदस्य
१९. बबिता ईशर – महिला – सदस्य
२०. बसन्त कुमार कुशवाहा – – सदस्य
२१. बिरेन्द्र साह सोनार – – सदस्य
२२. भोपेन्द्र प्रसाद यादव – – सदस्य
२३. मञ्जर कुमारी भगत थरुनी – महिला – सदस्य
२४. महेन्द्र प्रसाद थारु चौधरी – – सदस्य
२५. राज कुमार यादव – – सदस्य
२६. राधा कुमारी यादव – महिला – सदस्य
२७. रामकली देवी मण्डल – दलित/महिला – सदस्य
२८. सतिला कुमारी यादव – महिला – सदस्य
२९. सत्य नारायण खङ्ग खत्वे – दलित – सदस्य
३०. सन्जय कुमार साह – – सदस्य
३१. सन्जय कुमार यादव – – सदस्य
३२. सिताराम पण्डित – – सदस्य
३३. सुरेन्द्र प्रसाद शर्मा – – सदस्य
३४. हकिकुल्लाह मुसलमान – – सदस्य
३५. राजमती पासवान – दलित/महिला – सदस्य