नेकपा महासचिव पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको प्रधानमन्त्री ओलीको दाबी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १७, मंगलबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

बैशाख १७,काठमाडौँ । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव विष्णु पौडेलले सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरेका छन् ।प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  ओलीले देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् ।

विरोधीले पार्टी र सरकारलाई बदनाम गर्न वालुवाटार जग्गा प्रकरणलाई उचाल्ने काम गरेको ओलीको दाबी छ ।

‘नेकपाको सरकार र पार्टीलाई बदनाम गर्न महासचिव विष्णु पौडेललाई लान्छना लगाइएको छ, त्यो जग्गा राजाको शाससनकालमा पौडेलले किन्नु भएको हो’ बैठकमा ओलीले भने, ‘कोही व्यक्तिबाट अरुले सरह उहाँले जग्गा किन्नु भएको हो । कुनै सरकारी जग्गा हडपेको पनि होइन ।’

ओलीले जग्गा किन्दाको समयमा पौडेल कुनै लाभको पदमा नरहेको पनि स्पष्ट पारे । ‘उहाँले किन्नु भन्दा पहिला कसरी अरु व्यक्तिले किने भन्ने कुरा पहिलाको सरकारले जान्ने कुरा हो, उनले भने, ‘उहाँ त्यतिबेला पार्टीको कुनै पदमा पनि हुनुहुन्थेन । त्यसकारण सत्ता र पदको दुरुपयोग गरेर जग्गा किनेको पनि होइन ।’

प्रधानमन्त्री ओलीले सरकारले असल नियतका साथ काम गरेको भन्दै देशैभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने पनि बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस