बैशाख १७,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको खडेरी पर्दै गएको बताएका छन ।
अध्यक्ष दाहालले बैचारिक बहसमा केन्द्रित नभए नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर दुर्घटनामा फस्ने सम्भावना रहेको बताए । १ सय ३० औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मजदुरहरुलाई पनि समाजवादी कित्ताको पक्षमा उभिएर अघि बढन आह्वान गरे । अध्यक्ष दाहालले विश्वमा ठूल्ठूला आन्दोलन, क्रान्ति र परिवर्तन विचारको बलमा भएको उल्लेख गर्दै नेपालमा पनि समाजवादको आधार निर्माण हुने गरी विचारको बहसलाई अघि बढाउन जरुरी रहेको पनि बताए ।
अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्न सोही अनुसारको पार्टी संगठन, विचार, कार्यशैली र संरचनाको सुधारमा सबैले जोड दिनुपर्ने पनि बताए ।