फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १९, बिहिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

बैशाख १९,काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । तर, अघिल्लो पटक अन्तिम चरणमा आएर एकता प्रक्रिया भाँडिएका कारण नेताहरुले औपचारिक रुपमा भन्न रुचाएका छैनन् ।

स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा। बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक सदस्यले बताए ।

‘हाम्रो स्तरमा छलफल टुंगिएको छ, भोलि शीर्ष नेताहरु बसेपछि एकता प्रक्रियाले अन्तिम रुप लिन्छ’ नयाँ शक्तिका एक नेताले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस