समाजवादी पार्टीमा भुइँचालो : देवेन्द्र पराजुलीसहित एक दर्जन नेता नेकपामा प्रवेश गर्ने तयारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २५, बुधबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

बैशाख २५,काठमाडौँ । संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका नेताहरुबिच चर्को असन्तुष्टी चुलिएको छ। असन्तुष्ट नेता देवेन्द्र पराजुलीसहित एक दर्जन नेता नेकपामा प्रवेश गर्ने तयारी रहेको बुझिएको छ ।

असन्तुष्ट समूहहरुमा पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमालका साथै देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई लगायत नेताहरु रहेका छन् । उनीहरुले बुधबार भेला समेत गराएका थिए ।

भेलामा सहभागी नेताहरुले पार्टी कमिटीलाई औपचारिकतामा मात्र सीमित गरेको तथा पार्टी एकता गर्नुपूर्व पर्याप्त छलफल नभएको गुनासो गरेका छन्। उनीहरुले नयाँ बनेको समाजवादी पार्टीमा वैकल्पीक शक्तिको कुनै अंश नदेखिएको तर्क गरेका छन् ।

स्रोतका अनुसार असन्तुष्ट समूहका केही नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारी छ ।

नेकपाले बुधबार अपराह्न नै प्रचण्डको उपस्थितिमा ‘विशेष कार्यक्रम’ राखेको छ । स्रोतका अनुसार पूर्वसभासद धमलासहितका नयाँ शक्तिका नेताहरुलाई स्वागत गर्ने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस