एक लाख ३२ हजार अपराधी जेलबाहिरै, पूर्वआइजिपीदेखि बैँकरसम्म फरार सूचीमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २६, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख २६, काठमाडौँ । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन्।

७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन्।
मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिकासमेत उदासिन हुँदा फौजदारी अभियोगका दोषीले उन्मुक्ति पाउँदै आएका छन्।

अदालतले २००४ सालमा कैद सजाय सुनाका दोषीसमेत अझै पक्राउ पर्न सकेका छैनन्। अदालतको फरार सूचीमा पूर्वआइजिपी रमेशचन्द्र ठकुरीदेखि बैँकर मधुसूदन सिलवाल, पवनजंग कार्कीसम्म छन्।

देशभरका कारागारको क्षमता १५ हजार ४४६ मात्रै छ। अहिले नै कारागारमा २१ हजार ८३५ कैदी छन्।

थप एक लाख ३२ हजार अपराधी पक्राउ परे कहाँ राख्ने सरकारलाई समेत थाहा छैन।

ताजा अपडेट

खोजी गर्नुहोस