२६ औँ मदन–आश्रित स्मृति दिवस मनाईँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २, बिहिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष पूरा भएको छ ।

दुई नेताको २०५० साल जेष्ठ ३ गते चितवनको दाशढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । तत्कालीन माओवादी र एमालेबिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार विविध कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै छ ।

गएको वर्ष मदन–आश्रित स्मृति दिवसकै दिन पारेर एमाले र माओवादीले एकताको घोषणा गरि नेकपा बनाएका थिए । एकीकृत पार्टी बनेको एक वर्ष पूरा भएको छ ।

एकताले पूर्ण रुपमा आकार लिन वा तल्लो तहसम्म एकता हुन बाँकी छ । तर मदन–आश्रित स्मृति दिवसलाई नेकपाले पार्टी एकता दिवसका रुपमा पनि मनाउँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस