एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ३, शुक्रबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौँ । सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा एक लाख छ हजार ८७२ जनालाई न्यूनतम ३० दिनको रोजगारी दिने गरी तयारी गरेको हो ।

श्रम मन्त्रालयका अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा तहलाई परिपत्र गर्दै बेरोजगारको सूचीमा दर्ता भएका बेरोजगारलाई न्यूनतम ३० दिनको रोजगारी दिन पत्राचार गरेको र त्यसका लागि आवश्यक रकम स्थानीय तहमा पठाइएको छ ।

सरकारले चालू वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्ष्भित्र एक लाखभन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस