अरविन्द केजरीवालद्वारा हार स्वीकार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ४, शनिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौँ । भारतको दिल्लीमा ७ सीटका लागि लोकसभाको चुनाव भइसकेको छ । नतिजाको प्रतिक्षा छ । तर नतिजा सार्वजनिक नहुँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका छन् ।

उनले अन्तिम समयमा दिल्लीका मुस्लिम समुदायको भोट कांग्रेसलाई गएको बताएका छन् ।

इण्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा केजरीवालले चुनावको ४८ घण्टाअघिसम्म सातवटै सीट जित्ने आकलन गरेको भएपनि अन्तिम समयमा मुस्लिम समुदायको भोट कांग्रेसमा सिफ्ट भएका कारण नतिजा फरक आउने बताए ।

चुनावको एकरात अघि भएको यो उथलपुथलबारे आफूहरुले पत्ता लगाइरहेको उनले बताएका छन् ।

अरविन्द केजरीवालको यो बयानप्रति दिल्लीका पूर्व मुख्यमन्त्री शीला दीक्षितले प्रतिक्रिया दिएकी छन् ।

‘मलाई थाहा छैन उनी (केजरीवाल) किन यस्तो कुरा गरिरहेका छन् । जनतामा आफूले चाहेको उमेद्वारलाई भोट दिन पाउने अधिकार छ । दिल्लीका जनताले कसको शासनमा के भएको छ सबै थाहा पाएर मताधिकार प्रयोग गरेका होलान्,’ उनले भनेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस