नेकपा बरिष्ठ नेता नेपालले भने–’आफ्नो पूजा:स्तुति गरेन भनेर प्रेसको मूल्यांकन हुँदैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ७, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ ७,बाँके । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतलाई नियन्त्रण गर्ने सोच राख्न नहुने बताएका छन । नेपालगञ्जमा मंगलबार पत्रकारसँग कुरा गर्दै उनले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने बताए ।

प्रेस जगतले आलोचनात्मक र रचनात्मक भूमिका निर्वाह गर्न पाउनुपर्छ भन्दै बरिष्ठ नेता नेपालले अंकुश लगाएरु रोकेर, तर्साएर समस्याको समाधान नहुने बताए । उनले कसैले पनि आफ्नो पूजा–स्तुति गरेन भनेर मूल्यांकन नहुने बताए।

उनले पार्टीको समायोजना अन्तिम चरणमा पुगेको भन्दै अब पार्टी कामले गति लिने विश्वास व्यक्त गरे । नेपालले नयाँ बजेटपछि मुलुक समृद्धितर्फको यात्रामा अघि बढ्ने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस