सञ्चारमन्त्री बास्कोटाको ढिपी : मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता हुँदैन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ९, बिहिबार (५ साल अघि)
  • ५१ पटक पढिएको
Post Thumbnail

जेठ ९,काठमाडौँ । सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयक आफ्नो प्रक्रियामा अघि बढ्ने बताएका हुन् ।

‘व्यवसायिक शुद्धता, सुरक्षा, मर्यादा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक कुरालाई हमेसा स्वागत गर्छौं, भनेकै छौं, तर फिर्ता गर्ने कुरा हुँदैन, त्यसको आफ्नै प्रोसेसमा अगाडि बढ्छ’ उनले भने ।

तर सरोकारवालाले राखेको सुझाव भने विधेयकमा समेट्ने मन्त्री बास्कोटाले बताए । विधेयकमा चित्त नबुझेको कुरामा छलफल गर्न सकिने भन्दै उनले संसद नै सबैभन्दा ठूलो छलफलको ठाउँ भएको बताए ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले संविधानले बर्खिलाप गरेको कुरा विधेयकमा नआउने स्पष्ट पारे । मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा नरहेको पनि बताए ।

प्रेसलाई सरकारको भजन गाऊ नभनेको भन्दै मन्त्री बास्कोटाले प्रेस जनता, नागरिक र पाठकप्रति नै उत्तरदायी हुनुपर्ने बताए । ‘सरकारको आलोचना गर्नुस्, तर मिसन नचाउनुस्, सहीलाई सही गलतलाई गलत भन्नुस्’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस