ओली–मोदी भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १७, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ १७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आज अपराह्न भएको भेटवार्तामा दुवै देशका प्रधानमन्त्रीले जनस्तरको सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्नाका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श गरेको भारतको बाह्य मामिला मन्त्रालयका प्रवक्ताले बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्दै विशेष उपहारस्वरुप रुद्राक्षको माला प्रदान गरेका थिए ।

पशुपतिनाथको मुलुकका सरकार प्रमुख ओलीले काशी विश्वनाथको मुलुकका सरकार प्रमुखलाई भगवान् शिवको प्रिय माला रुद्राक्ष उपहार प्रदान गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि चयन भएका मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबारदेखि नयाँदिल्लीमा छन । ।

ताजा अपडेट

खोजी गर्नुहोस