उपेन्द्र यादवले भने–’नेपालमा कम्युनिस्ट पार्टी इतिहास बन्ने सक्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १७, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १७,बुटवल । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिस्ट पार्टी इतिहास बन्ने सक्ने बताएका छन । उनले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार अग्नि परीक्षामा रहेको बताएका छन् ।

बुटवलमा एक कार्यक्रमको बिच यादवले संसारभरिबाट कम्युनिस्टहरु बढारिएको र भारतमा हालै सम्पन्न चुनावमा बीउ पनि नरहेको उदाहरण दिदै भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार र विभेदमा परेकालाई न्याय दिन नसके नेपालमा पनि कम्युनिस्ट इतिहासमै सीमित हुने दावी गरे ।

‘संसारभरी कम्युनिस्ट बढारिए, भारतमा पनि बीउसमेत रहेन,’ भैरहवामा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै यादवले भने, ‘अब नेपालमा पनि कम्युनिस्टको अग्नि परीक्षा शुरु भएको छ,परीक्षामा पास भए टिक्लान् नभए इतिहासको पात्र हुन्छन् ।’

अध्यक्ष यादवले संविधान संशोधन गर्ने बेला आइसकेको भन्दै नभए यथास्थितिमा मुलुक अघि नबढ्ने चेतावनी दिए । ‘हाम्रो पार्टी संविधान संशोधन र विभेदमा परेका वर्ग समुदायलाई न्याय दिने शर्तमा सरकारमा सहभागी भएको हो,’ यादवले भने, ‘अहिलेसम्म यी दुई माग सम्बोधन भएका छैनन्, अब बेला आइसकेको छ,नगर्ने हो भने मुलुक अघि बढ्न सक्दैन ।’

संघीयतालाई बलियो बनाउन र संस्थागत गर्न ठूलो चुनौती रहेको भन्दै उनले प्रदेशहरुलाई राजनीतिक, आर्थिक र साधनस्रोतले सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस