उपराष्ट्रपति पुन आज स्वदेश फर्कँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १८, शनिबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ१८, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन एक हप्ता लामो अष्ट्रियाको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन्।

कतार एअरवेजबाट दोहा प्रस्थान गरेका उपराष्ट्रपति पुन दिउँसो सवा तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा जलवायुसम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए । उनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग दुई पक्षीय भेट वार्ता गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस