कांग्रेस महाधिवेशन कहिले ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । कांग्रेसमा १४औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव देखिन थालेको छ । पार्टी नेतृत्वका लागि नेताहरूले ६ महिनादेखि नै दौडधुप थाले पनि महाधिवेशनको तिथि टुंगो लागेको छैन ।

नियमित समयमै गर्दा आगामी फागुनभित्र महाधिवेशन गराउनुपर्छ । सभापति शेरबहादुर देउवाको चारवर्षे कार्यकाल फागुन मसान्तबाट समाप्त हुँदै छ । कार्यकालको नौ महिना बाँकी छँदासमेत महाधिवेशनको तयारी नहुँदा पार्टीभित्रै असन्तुष्टि बढ्न थालेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवालाई दबाबमा पारेरै भए पनि समयमै महाधिवेशन गराउने पक्षमा छन् । तर देउवाले टेरेका छैनन् । ६ महिनाअघि वरिष्ठ नेता पौडेलले ०७६ फागुन ७ मा केन्द्रीय महाधिवेशन सुरु गर्ने गरी सबै तहको अधिवेशनको कार्यतालिका महासमिति र कार्यसमिति बैठकमा लगेका थिए

ताजा अपडेट

खोजी गर्नुहोस