असार ३,काठमाडौँ । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । आज एक पत्रकार सम्मेलन आयोजना गरी भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।
विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।
गुठी विधेयक राष्ट्रियसभामा दर्ता गरिएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै प्रतिपक्षी दलसहितको चौतर्फी विरोधले आन्दोलनको अवस्था सिर्जना भईरहेको थियो ।