असार ३,काठमाडौँ । गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर पुगेको थियो ।
सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि बुधबार विधयेक खारेजीकै माग राखेर हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए ।
विभिन्न नारा लेखिएको ब्यानर र झाँकीसहित काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका नेवार समुदाय माइतीघर आइपुगेका थिए । काठमाडौं उपत्यकाको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटन, भक्तपुर लगायत शहरबाट निकालिएको जुलुस माइतीघरसम्म आएको थियो ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकमा निजी गुठी र सार्वजनिक गुठीलाई एउटै प्राधिकरण अन्तर्गत राख्ने उल्लेख गरेपछि काठमाडौंका गुठी सञ्चालकहरु आन्दोलनमा उत्रिएका थिए ।