प्रधानमन्त्री ओलीको निर्देशन :’रेशम चौधरीलाई नेल लगाउनेलाई कारवाही गर्नु’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ७, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ७,काठमाडौँ । राजपा नेता रेशम चौधरीलाई नेल लगाएर उपचार गरिएको तस्विर बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको जानकारी दिए ।

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ ।

उपचारकै क्रममा उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिरमाथी टिप्पणी गर्दै अधिकांशले नागरिकका स्वतन्त्रे उपचार गर्न पाउने अधिकार हनन भएको बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस