जेल जिवन बिताईरहेका पूर्व राज्यमन्त्री साहलाई दोस्रो पटक जन्मकैदको फैसला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ १८, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १८,जनकपुर । जेल जिवन बिताईरहेका पूर्व राज्यमन्त्री संजय साह (टक्ला) लाई धनुषा जिल्ला अदालतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानिया हत्याकाण्डमा समेत दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

जनकपुरको बमकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका साहलाई संचार उद्यमी हत्याकाण्डमा समेत मुख्य योजनाकार ठहर गर्दै जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।

रेडियो जनकपुर तथा जनकपुर टुडे पत्रिकाका सञ्चालक सिंहानियाको २०६६ साल फागुन १७ गते होली पर्वका दिन जनकपुरको शिव चोकमा गोली हानेर हत्या गरिएको थियो ।

मंगलबार धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले संचार उद्यमी हत्याकाण्डमा योजनाकारको रुपमा पूर्व मन्त्री साह र साहको निर्देशनमा गोली हानेर सिंहानियाको हत्या गरेको बयान दिएका मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो ।

यस्तै सिंहानिया हत्या आरोपमा पूर्वपक्षको लागि थुनामा रहेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० वर्षको कैद सुनाइएको छ भने रामविनोद यादवलाई ३ वर्ष कैदको फैसला गरेको हो । यस्तै ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिबाना गरेको छ ।

यसअघि पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डको मुख्य योजनाकारको आरोपमा जिल्ला अदालत धनुषाले दोषी ठहर गर्दै २०७५ चैत १४ गते पूर्व मन्त्री साहलाई जन्मकैदको सजाय सुनाएको थियो । २०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको बेला बम विस्फोट हुँदा ५ जनाको ज्यान जानुको साथै ३२ जनाभन्दा बढी घाइते भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस