समाजवादी पार्टीका नेता पराजुली,धमलासहित दर्जनौ नेता कार्यकर्ता नेकपामा प्रवेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २०, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि यो समूह असन्तुष्ट थियो ।

कार्यक्रममा नेकपा विप्लव समूहका केही नेता पनि नेकपा प्रवेश गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस