सरकारको विरोध गर्न केहीकेहीले मास्क लगाउन थालेः प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २०, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोध गर्न केही व्यक्तिहरु मास्क लगाएर हिँड्न थालेको बताएका छन् ।

उनले काठमाडौँमा धुँवा धुलोको समस्या कम हुँदै गएको प्रसंगमा आफूले मास्क नलगाए पनि हुने अवस्था बनेको भन्दै दिएको अभिव्यक्तिको बचाउ समेत गरे ।

समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौँ भनेको थिएँ । तर त्यसपछि सरकारको विरोध गर्न केहीले मास्क लगाउन थालेका छन् ।’

‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन’, ओलीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस