विषादीयुक्त तरकारीविरुद्ध नेविसंघद्वारा आन्दोलन घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २२, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार २२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमानाकामा विषादी परीक्षण बन्द गर्ने निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

भारतबाट विषादीयुक्त तरकारी ल्याउन सरकार आफैँ लागेको भन्दै नेविसंघले आन्दोलन घोषणा गरेको हो । संघका निवर्तमान महासचिव कुन्दनराज काफ्लेले असार २३ गतेदेखि २७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

काफ्लेले सार्वजनिक गरेको कार्यक्तम अनुसार असार २३ गते सबै सरकारी क्याम्पस अगाडि तरकारी प्रर्दशन गर्ने, २४ गते सबै जिल्लाबाट सिडियोमार्फत प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी पठाउने, २५ गते विषादी युक्त तरकारी बहिस्कार गर्न प्रचारप्रसार गर्ने बताएका छन् ।

त्यस्तै २६ गते मशाल जुलुस प्रर्दशन गर्ने र २७ गते माइतिघर मण्डलामा प्रर्दशन गर्ने नेविसंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस