असार २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन ‘काठमाडौं–तराई–मधेश द्रुतमार्ग’को हालसम्मको प्रगति बारे जानकारी गराएको छ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका थिए। उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा स्वागत गरेका थिए। द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगति बारे प्रस्तुतिकरणमार्फत जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे तथा सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो। रासस