प्रतिबन्धपछि विप्लव समूहका ८ मारिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २६, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द्र विप्लव समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता कार्यकर्ता मारिएका छन्।

चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ।

पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका छन्।

भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौँमा विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन्।

काठमाडौँ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो।

प्रतिबन्धयताको अबधिका दुई प्रहरीसहित ९ जना घाइते भएका छन्।

२८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविििधमा प्रतिबन्ध लगाएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस