काँग्रेसले कार्यकर्तालाई भन्यो : तत्काल राहत तथा उद्धारमा लाग्नु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २७, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्षाबाट उत्पन्न भएको बाढी, पहिरो, डुबानबाट पीडितको राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले २४ घण्टादेखि परेको पानीका कारण मृत्यु भएका तथा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारमा लाग्न निर्देशन दिएको हो ।

कांग्रेसले आफ्ना कार्यकर्तालाई सम्बन्धित स्थानीय तह तथा प्रदेश सरकारसँग सहकार्य गरेर सक्रिय हुन भनेको छ । त्यस्तै उसले सरकारलाई पनि राहत तथा उद्धारका कार्य तदारुपता दिन आग्रह गरेको छ ।

वर्षाका कारण शुक्रबार बेलुकासम्म १६ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । त्यस्तै हजारौं प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस