बाढी पहिरोबाट भएको क्षतीप्रती बरिष्ठ नेता नेपालद्धारा दुख व्यक्त, सम्पुर्णलाई उद्धारमा लाग्न अपिल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २८, शनिबार (५ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

 

असार २८,काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अविरल बर्षाका कारण आफ्नो गृहजिल्लामा भएको क्षतीमा दुख व्यक्त गरेका छन । श्रीलंका भ्रमणमा रहेका नेता नेपालले भ्रमणकै क्रममा शनिवार एक विज्ञप्ती जारी गरी ठुलो जनसंख्या विपतमा परेको खवरले अत्यन्तै दुखित भएको उल्लेख गरेका छन ।

उनले देशका विभिन्न जिल्लामा बाढी,पहिरोमा परी निधन भएकाप्रती श्रदाञ्जली अर्पण गरेका छन भने घाइतेहरुको सिघ्र स्वास्थलाभको कामना गरेका छन ।

उनले विपदमा सबै एक भएर उद्धारमा लाग्न आग्रह गरेका छन । प्रभावित क्षेत्रमा सरकारको सक्रिय उद्धार हुनुपर्नेमा जोड दिँदै उनले पार्टी कार्यकर्ता,सामाजिक अभियन्ता,राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थालाई उनले उद्धारमा लाग्न अपिलसमेत गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस