राहत र उद्धार प्रभावकारी बनाउन राष्ट्रपतिको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २९, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले केही दिनदेखि परेको पानीका कारण उत्पन्न भएको बाढी, पहिरो तथा डुबानबाट पीडितहरुको रातह र उद्धारलाई प्रभावकारी बनाउन गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भएको जनधनको क्षति प्रति राष्ट्रपति दुःखी भएको उल्लेख गर्दै राहत र उद्धार प्रभावकारी हुने विश्वास व्यक्त गरेकी हुन् ।

‘पीडितहरुको उद्दार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत विचरण र बेपत्ता भएकाहरुको खोजीकार्यमा राज्यका संयन्त्रहरु परिचाललित गराउने सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास लिनुभएको,

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्राकृति प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघ संस्था समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन हार्दिक आह्वान गर्नुभएको छ।’

राष्ट्रपति भण्डारी भविष्यमा आइपर्ने यस्ता प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन पनि अपिल गरेकी छिन् ।
यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत र उद्धारको काम प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस