भाद्र ८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
होटल एशोसिएशन अफ नेपाल (हान) ले आइतबार राजधानीमा गरेको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रममा मन्त्री विष्टले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा व्यवसायीहरुले सामाजिक सुरक्षा योजनामा सहभागी हुन इच्छुक रहे पनि विभिन्न जटिलता रहेको भन्दै मन्त्री विष्टको ध्यानाकर्षण गराएका थिए ।
कोषमा हालसम्म ४ हजार ९२ प्रतिष्ठान र ३५ हजार ५०० भन्दा बढी श्रमिक सूचीकृत भइसकेको बताइएको छ ।