आश्विन ११,काठमाडौँ । धादिङ मिलन केन्द्रले आफ्नो २५ औँ साधारणसभा सम्पन्न गरेको छ । सो अवसरमा नजिकिदै गरेको दशैँ,तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरेको छ । मिलन केन्द्रद्वारा आयोजित २५ औं साधारणसभा तथा शुभकामना आदनप्रदान कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेँलले मिलन केन्द्रले हिजोको भुमिका भन्दा फरक ढंगले अघि बढ्ने बिश्वास व्यक्त गरेका छन ।
उनले धादिङ सन्तुलित ढंगले बिकास नभएको बताउदै उत्तर र दक्षिण भेगलाई पर्यटनको माध्यमबाट समग्र विकासमा जोड दिनुपर्नेमा जोड दिए । कडेँलले दिगो बिकासको लक्ष्य अनुरुप कृषि ,पर्यटन ,उधोग, जलविद्युत लगायतका क्षेत्रमा योजनाबद्द तरिकाले अघि बढ्ने बताए । उनले धादिङको उत्तरी क्षेत्रमा पर्यटनको बिकासलाई मुख्य ध्यान दिएको बताए । सितापाईला– धार्के सडक खण्डको तत्काल काम सुरु गरिने बताए । पर्याप्त बजेट छुट्याएर काम गर्नुपर्नेमा उनको जोड थियो ।
उनले बुढीगण्डकी आयोजना यसपालि मुआब्जा दिएर काम नगरे बन्ने सम्भावना कम हुँदै जाने बताए । दक्षिण महाभारतमा पदमार्ग बनाउने तयारी रहेको उनको कथन थियो । धादिङको बिकासमा गम्भीर छु, जिल्लाका सवै जनप्रतिनिधी एकजुट भएर धादिङको सम्बृद्धीको लागी लागौँ उनले भने -‘डेढबर्षको बीचमा धेरै काम अघि बढेको छ ।’
अर्को प्रशंगमा उनले संघीयताबाट भाग्ने कोसिस गरियो भने अर्को द्वन्द हुने बताउदै संघियतालाई व्यवस्थित गर्न नसकिए देश अझै पछि धकेलिने बताए । उनले भने– ‘संघियतालाई बलियो बनाउन सबै प्रदेशलाई एउटै गन्तव्यमा लैजान सक्नु पर्छ । देशलाई एकताबद्द बनाएर लैजान पर्नेमा उनको जोड छ। उनले भने– ‘देशले बाटो भुलेको अवस्था हैन,सरकारले कामै नगरेको भन्ने हैन । जनताको आशा धेरै छन, पुरा गर्दै जानुपर्छ ।’
कार्यक्रममा नेता राजेन्द्र पाण्डेले धादिङको बिकासमा धादिङ मिलन केन्द्रलाई अझै ससक्त बनाएर लैजानु पर्ने बताए । उनले जिल्लाको भिजन बनाउन र सहयोग जुटाउन बिश्वभरका धादिङेलाई एकजुट गराउन मिलनकेन्द्रले ध्यान दिन जरुरी रहेको बताए । त्यस्तै प्रतिनिधिसभा सदस्य खेम लोहनीले देशमा संविधानसभाबाट संविधान बनेको र त्यसको कर्यानन्वयन भैइरहेको बताए । उनले जिल्लाको बिकासमा केहि आशलाग्दो सुधार भैइरहेको बताए । लोहनीले दिगो बिकासको लक्ष्य अनुरुप कृषि ,जलविद्युत,पर्यटनको सवालमा सवै एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा मिलन केन्द्रका अध्यक्ष रामलाल तुलाधरले धादिङको सर्वाङिग्ण विकासमा सबै धादिङ्गेली एक भएर लाग्नुपर्ने बताए । तुलाधरले चाँडै नै मिलन केन्द्रले समग्र धादिङको विकासका सवालमा केन्द्रित भएर चिनारी प्रकाशन गरिन लागेको बताउदै त्यसको लागी सबैले आ–आफ्नो ढंगबाट सहयोग गर्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रदेश सांसद डा.रामकुमार अधिकारी,धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा धादिङ घर भई हाल काठमाडौँमा बसोबास गर्दै आईरहेका धादिङ्गेहरुको सहभागीता थियो ।