प्रहरीलाई जानकारी नै नदिई गएका थिए शाही चितवन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन ११, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ११, काठमाडौं । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीले प्रहरीको सुझाव नमान्दा कुटाइ खान पुगेको खुलेको छ।

चितवनमा उनीमाथि ‘थ्रेट’ रहेकाले तत्काल नआउन प्रहरीले दिएको सुझाव लत्याउँदै चितवनको भरतपुर पुग्दा युवाहरूको समूहले कुटपिट गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले प्रहरीलाई जानकारी नदिइ आउँदा घटना हुन पुगेको बताएका छन्।

‘चितवनमा उनीमाथि ‘थ्रेट’ रहेको जानकारी हामीले यसअघि नै गरेका थियौँ’, मल्लले भने, ‘सुरक्षा ‘थ्रेट’ रहेको सूचना पाएर पनि जबरजस्ती चितवन आउँदा घटना भयो । उनले चितवन आएको जानकारी प्रहरीमा गराएका थिएनन्।’

नेकपनिकट युवा तथा विद्यार्थीको समूहले शनिबार दिउँसो भरतपुरमा माइक्रोबस भित्रै शाहीसहित तीनजनालाई कुटपिट गरेका थिए।

‘मैले उनलाई चितवन नआउनु भनेको थिएँ’,मल्लले भने, ‘अटेर गरेका कारण घटना भयो, हामीकहाँ जानकारी भएको भए घटना नहुन सक्थ्यो।’ मल्लले तत्कालै प्रहरी पुगेकाले थप क्षति हुन नपाएको जानकारी दिए।

उनले यो घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताएका छन्।

थाहाखबरसँगको सहकार्यमा

ताजा अपडेट

खोजी गर्नुहोस