मेयर दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा उजुरी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन १२, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अश्लील पोष्ट गर्दै श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको हो ।

महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गराएको छ ।

शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडेर चरित्र हत्या गर्ने खालका विभिन्न पोस्टहरु गरेका थिए ।

विभिन्न समूह र व्यक्तिका नामबाट भएका यस्ता कार्यविरुद्ध जाहेरी दिइएको मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

जाहेरी परेसँगै मेयर दाहालको चरित्र हत्या गर्ने खालका पोस्ट गर्नेहरुको खोजी शुरु गरिएको चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले बताए । उनले दोषीलाई आवश्यक कानुनी कारबाही गरिने जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस