असोज १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, दीपावली, छठ, नेपाल संवत्, इद, ल्होसारको उपलक्ष्यमा असोज २९ गते शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
भृकुटीमण्डपमा आयोजना गरिने सो चियापान कार्यक्रममा एक लाखभन्दा बढीलाई निमन्त्रणा गर्ने तयारी भइरहेको नेकपाका कार्यालय सचिव श्रीराम ढकालले बताएका छन्।
चियापान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीति नियोगमा प्रतिनिधि, सवैधानिक अङ्गका प्रमुख, विभिन्न तहका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागिता रहने बताइएको छ ।
पार्टीका महासचिव विष्णु पौडेलको अध्यक्षतामा आइतबार शुभकामना आदानप्रदान र चियापान कार्यक्रम तयारी समितिको बैठक बसेको थियो ।
दशैँ–तिहारमा चियापानको परम्परा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाले साढे चार दशकअघि सुरु गरेका थिए ।
त्यसको निरन्तरता काँग्रेसले हालसम्म दिँदै आएजस्तै कम्युनिस्ट पार्टीले पनि चियापानलाई महŒव दिन थालेको छ । कम्युनिस्ट पार्टीमा मनमोहन अधिकारीले २०५४ सालबाट सुरु गर्नुभएको चियापानलाई नेकपाले निरन्तरता दिएको हो ।