सत्तारुढ दल नेकपालाई आफूलाई नजिस्काउन कांग्रेसको चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन १३, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ दल नेकपालाई आफूलाई नजिस्काउन चेतावनी दिएको छ।

आइतबार पार्टी नेता मिनेन्द्र रिजाल लगायतमाथि भएको आक्रमण प्रयासको विरोधको कांग्रेसले विज्ञप्ती निकाल्दै लोकतान्त्रिक आन्दोलनको मियो कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिएको हो।

‘फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ’ कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको भन्दै कांग्रेसले ‘मण्डलेशैली’ नरोके आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस