प्रधानमन्त्री ओलीको दावी : सरकार हरेक दिन एक कदम अघि बढिरहेको छ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन १३, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाएका हुन्।

सोमबार ललितपुरको भैंसिपाटीस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास तथा सम्पर्क कार्यालयहरुको शिलान्यास गर्दै उनले सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिए पनि त्यसको चर्चासमेत नगरिएको गुनासो गरे।

‘केही पनि भएन भनेर, केही पनि भएको छैन भनेर निरासा फैलाउन खोज्ने, भएका कामहरुको चर्चा नगर्ने एकथरी प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘ननइस्यू’लाई ‘इस्यू’बनाएर सरकारको विरोध मात्रै गर्ने शिलशिला चलाइएको छ।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकार हरेक दिन एक कदम अघि बढिरहेको दाबी पनि गरेका छन्। उनले मोतीहारी(अमलेखगन्ज पेट्रोलियम पदार्थको पाइप लाइन विस्तार गरिएको पनि स्मरण गराए।

प्रधानमन्त्री ओलीले एक वर्ष पूरा नहुँदै मेलम्ची खानेपानी काठमाडौं ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे।

ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको खानेपानी आउन ढिलाइ भएको उनको स्पष्टिकरण थियो ।

प्रधानमन्त्री ओलीले बेसहारा भएर बसेका नागरिकलाई सरकारले उचित व्यवस्था गर्ने पनि बताए। सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खबर गर्न पनि प्रधानमन्त्री ओलीको सार्वजनिक अपिल छ ।

ताजा अपडेट

खोजी गर्नुहोस