असोज १३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पर्यटन मन्त्री योगेश भट्टराईले लोकतन्त्रमा कसैले पनि अराजकतालाई बढावा दिन नहुने बताएका छन्।
पछिल्लो समय भ्रष्टाचारको विरोधका नाममा ज्ञानबहादुर भनिने ज्ञानेन्द्र शाहीसहित अराजक शैलीमा गाली गलौजमा उत्रिएको सन्दर्भमा भट्टराईले यसो भनेका हुन्।
चितवनको भरतपुरमा शाहीमाथि युवाहरुको समूहले आक्रमण गरेपछि देशको राजनीति तरंगित भएको अवस्थामा भट्टराईले सामाजिक सञ्जालमा यस्तो भनेका हुन्।
उनले अराजकतावादको घोडा कसैले पनि चढ्न नहुने बताए । पछिल्लो समय कांग्रेसका नेता गगनकुमार थापासहितले समेत ज्ञानबहादुर शाहीको पक्षमा खुलेर वकालत गर्न थालेको अवस्थामा नेकपाका युवा नेताको यस्तो धारणा आएको हो।
लोकतन्त्रवादीले अरजकतावादको घोडा चढ्न सुहाउँदैन’, उनले भनेका छन्, ‘यो सिंहमाथि सवार हुनुजस्तै हो। चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम।’
https://www.facebook.com/yogesh.bhattarai.754/posts/10217617084492353