सञ्चारमन्त्री बास्कोटाले भने – स्वतन्त्रताका नाममा जे गरे पनि हुन्छ भन्ने भ्रम नपाल्नुस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ७, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले र्‍यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदमको बचाउ गरेका छन् ।

‘यस्तै त हो नि ब्रो’ बोलको गीतलाई लिएर प्रहरीले भिटेन नामले परिचित र्‍यापर समीर घिसिङलाई बिहीबार विहान ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो । उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यसअघि ‘तिहार’ बोलको गीतलाई लिएर गायक दुर्गेश थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटालाई थापा र भिटेन पक्राउबारे प्रश्न सोधिएको थिए ।

जवाफमा उनले नेपाली समाजको मूल्य पद्धती रहेको र स्वतन्त्रताका नाममा त्यसलाई भत्काउने गल्ती नगर्न आग्रह गरे । कलाकारिता समाजको ऐना भएको भन्दै उनले अघि भने, ‘दिदी, भाइ, बहिनी, आमा र परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ?’

सरकारले बस भने बस, उठ भने उठ नचाहेको तर अराजकता स्वीकार्य नहुने उनले बताए ।

‘कसैलाई नगर्नु भनेकै कुरा गर्नु पर्ने हो भने मान्छे जलाएर मारेको पनि ठीकै छ, अरुका छोरीचेली झम्टिएको पनि ठीकै छ, मनपरी बोलेको पनि ठीकै छ, भ्रष्टाचार गरेको पनि बहादुरपूर्ण भयो ?’ ननइश्यूलाई इश्यू नबनाउन आग्रह गर्दै मन्त्री बास्कोटाले भने, ‘हामी के चाहन्छौं ? कस्तो समाज निर्माण गर्न चाहन्छौं ? कुरा यो हो ।

ताजा अपडेट

खोजी गर्नुहोस