महरामाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ८, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक ८, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासको आरोपको प्रहरी अनुसन्धान प्रतिवेदन काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको छ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिल कार्यालयलाई शुक्रबार जिम्मा लगाएको जानकारी दिए।

अब सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मुद्धा चलाउने की नचालउने र यदी चल्ने भए कुन अभियोग लगाउने भन्ने निर्णय गर्ने छ। हिरासतमा लिएको २५ दिनभित्र अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने व्यवस्था छ।

महरालाई हिरासतमा लिइएको शुक्रबार २० दिन पुगेको छ। अब सरकारी वकिल कार्यालयले तिहारलगत्तै अभियोग पत्र दर्ता गर्नुपर्ने छ।

संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीले बलात्कार प्रयाशको आरोप लगाएपछि तत्कालिन सभामुख महराले पदबाट राजिनामा दिएका थिए। प्रहरीले गत असोज १९ गते महरालाई सरकारी निवासबाट पक्राउ गरेको थियो।

पिडित भनिएकी महिला रोशनी शाहीले भने काठमाडौँ जिल्ला न्यायाधिशलाई निवेदन दिँदै महराबाट कुनैपनि किसिमको दुर्व्यवहार नभएको बताएकी छिन्।

ताजा अपडेट

खोजी गर्नुहोस