प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, अस्पतालमा भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १३, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ ।

पुरानै समस्या देखिएपछि उनलाई बुधबार बिहान काठमाण्डौकाे धापासीमा रहेको ग्राण्डी इन्टरनेश्नल अस्पताल पुर्‍याइएको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीलाई अहिले इन्टेन्सिभ केयर युनिट (आइसीयू) राखेर उपचार सुरु गरिएको छ ।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने उनलाई नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल लगिएको दावी गरेका छन् । १२ वर्षअघि मिर्गौला फेरिएकाले प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको साउन अन्तिम र भदौ पहिलो हप्ता प्रधानमन्त्री ओलीले सिंंगापुरको नेशनल युनिर्भसिटी अस्पतालमा उपचार गरेर फर्किएपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस