उपचाररत प्रधानमन्त्रीलाई भेट्न गएका नेकपाका नेताहरुले भेट्न पाएनन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १४, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १४, काठमाडौं । ग्राण्डी अस्पताल पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाएनन् ।

प्रधानमन्त्री ओली बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल बिहीबार मध्याहृन अस्पताल पुगेका थिए ।

उनीहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन् । डाक्टरहरुलाई भेटेर प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य राम्रो रहेको जानकारी चिकित्सकहरुले दिएको श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस