प्रहरीले भन्यो : बम विस्फाेटका घाइतेलाई आलमले इँटाभट्टामा हालेकै हो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १५, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १५, रौतहट ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निलम्बित सांसद मोहम्मद अफ्ताब आलमलाई प्रहरीले तीन वटा अभियोगसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

आलमलाई २० दिन हिरासतमा राखी अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले उज्यालोलाई बताउनुभयो । उहाँका अनुसार आलमविरुद्ध बम विस्फोट, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दाको अभियोग लगाइएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमले आफ्ना भाइसहित मिलेर बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा हालेर हत्या गरेको दाबी गरिएको छ । प्रहरीले तत्कालीन समयमा निर्माण भएको मुचुल्का र घटनास्थलबाट बरामद भएको स्वीटरलगायतका वस्तु तथा बयान दिने पीडित र उनीहरूका परिवारको भनाइसमेत अनुसन्धान प्रतिवेदनमा समेटेको छ ।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप आलममाथि लागेको छ ।

प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले त्यसमा आइतबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गर्नेछ । यस्तै प्रहरीले घटनामा संलग्न १० जनालाई जन्मकैद र एक जनालाई मतियारको अभियोगमा कारबाहीको माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस