“छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउछ”: प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १६, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरण गरेका छन् ।

“यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो” उनले सन्देशमा भनेका छन् “यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।”

प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताएका छन् । उनले सन्देशमा भनेका छन्, “छठपर्व सूर्यको आराधना र प्रार्थना गरेर मनाउने तथा सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो र सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ ।”

छठपर्वमा खासगरी सूर्यलाई भगवानको रूपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा सूर्यलाई नवग्रहकै उत्पत्तिकर्ता, सृष्टिकै उत्पन्नकर्ता तथा आदिदेवको रूपमा सम्झना गरिने उल्लेख गरेका छन् ।

उनले स्वेदश तथा विदेशमा बसेर छठपर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस